नेपालको मध्ये भाग गण्डकी प्रदेश नवलपरासी (ब.सु.पू.)मा अवस्थित पूर्व पश्चिम लोकमार्र्गसँग जोडिएको कावासोती नगरपालिकाको वडा नं. १४ मा स्थापित यस साना किसान कृषि सहकारी संस्था लि. अग्यौली पूर्वमा देवचुली नगरपालिका पश्चिममा मध्यबिन्दु नगरपालिका उत्तरमा बुङ्दीकाली गाउँपालिका र दक्षिणमा नारायणी नदी एवं चितवन राष्ट्रिय निकुञ्ज रहेको छ । यस क्षेत्रमा मिश्रीत जातजातीका (आदीबासी, जनजाती, पिछडा, दलित एवं बाह्मण क्षेत्री) मानिसहरुको बसोबास रहेको छ ।
यस साना किसान कृषि सहकारी संस्था लि. अग्यौली, कृषि विकास बैकद्वारा संचालित साना किसान विकास आयोजना मार्फत साबिकको अग्यौली गा.वि.स. मा निम्न आय भएका कृषकहरुको जीवनस्तरमा वृद्धि गरी देश विकासमा ठोस योगदान पु¥याउने उद्देश्य राखी वि.स. २०४० सालदेखि समूहगत रुपमा लघुवित्त कार्यक्रम संचालन गर्न स्थापित संस्था हो । ग्रामिण क्षेत्रका कृषक सदस्यहरुलाई समुहमा आवद्ध गरी सामुहिक भावनाको विकास र बचत गर्ने बानीको विकास गर्नुका साथै समूहगत रुपमा ऋण प्रवाह गरी सदस्यहरुको जीवनस्तर वृद्धि गर्ने उद्देश्य लिएको विकास आयोजना २०४० सालमा साविक अग्यौली गा.वि.स.मा स्थापना भयो । स्थापनाको १५ वर्ष पश्चात् तत्कालिन अग्यौली गा.वि.स.का कृषक सदस्यहरुलाई सहकारी संस्थाको रुपमा विकास गर्न र यहाँको समुदायलाई हस्तान्तरण गर्न सहकारी ऐन २०४८ अनुसार २५ जनाको तदर्थ समिति बनाई दर्ता नं. १०७ मिति २०५५।०१।२० गते डिभिजन सहकारी कार्यालय, परासीमा विधिवत् रुपमा दर्ता गरी संस्थाको नामाकरण “साना किसान सहकारी संस्था लि. अग्यौली–७, त्रिभुवनटार” साथै कार्यक्षेत्र साबिक अग्यौली गा.वि.स. लिई संचालन भएको हो । सहकारीमा दर्ता भए पश्चात् त्यस समयमा रहेको समूह संख्या, सदस्य संख्या, ऋण लगानी रकम, बचत रकम सम्पूर्ण आर्थिक कारोबार सहित साना किसान विकास आयोजनाबाट समुदायमा मिति २०५६।०६।०८ मा हस्तान्तरण भयो ।
सदस्यहरुलाई सहकारी शिक्षाको माध्यमबाट अभिपे्ररित गर्दै आएको यस संस्थाले कृषि क्षेत्रलाई ध्यान दिदैं मिति २०६९।०९।०३ मा डिभिजन सहकारी कार्यालय परासीमा गई संस्थाको नाममा कृषि शब्द थप गरी साना किसान कृषि सहकारी संस्था लि. अग्यौलीमा रुपान्तरण गरियो ।
हाल संस्थामा बचत ऋणको कारोबार संगै दुधडेरी पनि सञ्चालनमा रहेको छ । यस संस्थाको कार्यक्षेत्र साबिक अग्यौली गा.वि.स.मा मात्र सिमित नरही छिमेकी साबिक देउराली, शिवमन्दिर, कावासोती र पिठौलीमा समेत समुह गठन गरी सदस्यता बनाउँदै क्षेत्र विस्तार गर्ने कार्य भैरहेको छ । नयाँ थप कार्यक्षेत्रका सदस्यहरुलाई आर्थिक कारोवारमा सहज र सुलभ हुने गरी मिति २०६८।०४।२३ गते डण्डा बजारमा र मिति २०७५।१२।१२ देखी हुप्सेकोट गा.पा. वडा नं. ३ गिरुवारीमा लालुपाते बचत तथा ऋण सहकारी संस्थासंग एकिकरण गरि साना किसान कृषि सहकारी संस्था लि.अग्यौली लालुपाते सेवा केन्द्रको स्थापना गरी कारोवार संचालन भैरहेको छ । हाल संस्थाको कार्यक्षेत्र नगरपालिका एवं गाउँपालिकामा परिणत भए पश्चात् कावासोती नगरपालिकाको वडा १ देखी १६ सम्म र हुप्सेकोट गाउँपालिकाको १ देखी ५ वडाहरुमा कार्यक्रम संचालन भै रहेको छ । कावासोतीमा शेयर सदस्यहरुको सेवा सुविधालाई मध्यनजर गरी वि.पि.चोकमा संस्थाको सम्पर्क कार्यालय सञ्चालनमा रहेको छ र आगामी वर्षमा सेवाकेन्द्र खोली व्यवस्थित रुपमा सञ्चालन गर्ने लक्ष्य सहित अगाडी बढिएको छ ।