|

सहकारी मुल्य, मान्यता र सिद्धान्तहरु

सहकारीका सिद्धान्त, मूल्य र मान्यताहरू Cooperative Values and Principles

सहकारीका मूल्यहरूलाई ६ वटा आधार मूल्यहरू र ४ वटा नैतिक मूल्यहरू गरी दुई भागमा विभाजन गरिएको छ ।

आधार मूल्य (Base Values)

क) स्वसहयोग (Self Help): सहकारीको स्थापना र सञ्चालनमा कसैको सहयोगको अपेक्षा गरिदैन । एकका लागि सबै र सबैका लागि एक भन्ने आदर्श वाक्यलाई व्यवहारमा उतार्न समुदायका व्यक्तिहरू संगठित भएर आफ्ना आवश्यकता र आकांक्षाहरूको परिपूर्ति गर्ने पवित्र उद्देश्यले सहकारीको स्थापना गरेका हुन्छन् । त्यसैले सहकारीलाई स्वःसहयोगी व्यवसायिक संगठनको रूपमा लिने गरिएको छ ।

ख) स्व उत्तरदायी (Self Responsibility): संस्थाको सदस्यको हैसियतले प्रत्येक सदस्यहरूले आ-आफ्नो उत्तरदायित्व निर्वाह गर्ने परम्परा सहकारीमा अवलम्बन गरिएको हुन्छ । सहकारीको सदस्य भएपछि संस्थाले निर्माण गरेको नीतिनियम र दिइने जिम्मेवारीबाट बिमुख रहन नपाइने आदर्श व्यवहार गर्नु प्रत्येक सदस्यको कर्तव्य हुन्छ । आवद्ध सबै सदस्यहरू आफ्नो संगठनको क्रियाकलापप्रति स्वयम उत्तरदायि हुने मान्यता सहकारीमा अवलम्बन गरिएको हुन्छ । सञ्चालकहरूको व्यवस्थापकीय क्षमता र सदस्यहरूको सहभागिताको आधारमा मात्र सहकारीको अर्थपूर्ण दिगो विकास सम्भव छ । सहकारीका राम्रा नराम्रा पक्षहरूका बारेमा सदस्यहरू स्वयम जिम्मेवार हुने अवधारणालाई यस मूल्यले स्पष्ट संकेत गर्दछ ।

ग) प्रजातन्त्र (Democracy): निर्णय प्रक्रियामा प्रजातान्त्रिक पद्धति सहकारीको आत्मा हो । सहकारी र अन्य व्यवसाय बीचको भिन्नतालाई सहकारीको यस मूल्यका आधारमा प्रष्ट पार्न सकिन्छ । सदस्यहरू बीच एक सदस्य एक मतका आधारमा संस्था सञ्चालन गर्ने गरी निश्चित अवधिका लागि सञ्चालकहरूको चयन गरिन्छ । त्यस्तै गरी सञ्चालकहरू र व्यवस्थापनको क्रियाकलापहरू माथि सदस्यहरूका तर्फबाट निगरानी राख्न लेखा समिति वा सुपरीवेक्षण समितिका पदाधिकारीहरूको चयनमा समेत सबै सदस्यहरूको मताधिकारको प्रयोग गरिएको हुन्छ । सञ्चालकहरूको कामप्रति चित्त नबुझेमा फिर्ता बोलाउने एवम् महत्वपूर्ण निर्णयहरू गर्ने अधिकार समेतको प्रयोग सदस्यहरूले प्रजातान्त्रिक पद्धतिका आधारमा गर्ने व्यवस्था गरिएको हुन्छ ।

घ) समानता (Equality): सदस्यहरूका बीचमा विभेदजनक व्यवहार गर्ने काम सहकारीले गर्न सक्दैन र हुँदैन पनि । सहकारीमा आवद्ध प्रत्येक सदस्यलाई आफूप्रति कुनै विभेदको महशुस हुनुहुँदैन । सहकारीको सदस्यतामा समेत विभेदलाई निषेध गरिएको हुन्छ, तर सहकारीको सदस्य संख्या र सदस्यको योग्यता तोक्न भने सहकारीले संस्थागत रूपमा सक्दछ । यसरी तोकिएको संख्या र योग्यताका बारेमा भने कसैप्रति भेदभाव गर्न मिल्दैन ।

(ङ) समता (Equality): सहकारीका सदस्यहरू मध्ये सामाजिक वा आर्थिक दृष्टिकोणबाट पछाडि परेका वर्ग वा समुदायका सदस्यहरूलाई समान हैसियतमा ल्याउने प्रयत्न सहकारीको महत्वपूर्ण काम हो । सबैको साझा सहयोगबाट पछाडि परेका सदस्यहरूको जीवनस्तरमा सुधार ल्याउन संस्थागत प्रयत्न गर्नु सहकारीको आधारभूत मूल्य हो । यसका लागि सहकारीले पूँजी र सीपको सुविधाका साथै सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएका हुन्छन् ।

च) ऐक्यवद्धता (Solidarity): सहकारीका सदस्यहरू बीच ऐक्यबद्धताको भावना हुनु पर्दछ । कुनै वाद वा वर्ग वा समुदायका आधारमा सहकारी भित्र कुनै भिन्नता अभिव्यक्त गरिनु हुँदैन । सहकारीका क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संगठनमार्फत विश्व भरिका सहकारीका सदस्यहरू जोडिएका हुन्छन् । कुनै पनि आधारमा सहकार्यका विपरित हुने व्यवहारले सहकारिताको प्रतिनिधित्व र भलो गर्दैन । सहकारीका संघ/संस्थाहरूमा स्वस्थ प्रतिस्पर्धा बाहेक दैनिक व्यवहारमा सामूहिकताको भावना र ऐक्यवद्धतामूलक व्यवहार प्रतिविम्वित हुनै पर्दछ ।

सहकारीका नैतिक मूल्यहरू

क) इमान्दारिता (Honesty): इमान्दारिता सहकारीको लागि आधारभूत नैतिक मूल्य हो । कुनै पनि सहकारीको सफलतामा इमान्दार नेता र सदस्यहरूको आवश्यकता पर्दछ । इमान्दारिता व्यक्तिको व्यक्तिगत चरित्र र प्रवृत्तिसँग जोडिएको विषय भए पनि यसमा विधि र प्रक्रियाबाट धेरै हदसम्म सही बाटोमा डोऱ्याउन सकिन्छ । इमान्दारिताबाट खास गरी पारदर्शिता कायम गर्न सहज हुन्छ । पारदर्शिताको कारणबाट सहकारीमा विभेदकारी व्यवहारहरूलाई रोक्न सकिन्छ । उदाहरणका लागि उत्पादन गरिएका वस्तुहरू सहज र सरल प्रक्रियाका साथै उचित मूल्य र गुणस्तर सहित उपभोक्ताहरूलाई उपलब्ध गराउने काममा सहकारीलाई विश्वास गरिएको हुन्छ ।

ख) खुलापन (Openness): सहकारी मार्फत गरिने व्यवसायहरूमा पारदर्शिता कायम राखिएको हुन्छ । सहकारीको स्वामित्व र सहकारीको सेवा वा उत्पादन उपभोग गर्ने एउटै समुदाय हुने भएकाले व्यवसायिक फाइदाको लागि गरिने गलत अभ्यासहरूबाट सहकारीहरू मुक्त रहन्छन् । अर्कोतर्फ समुदाय भित्रका सदस्यताका लागि योग्यता पुगेका व्यक्तिहरूको प्रवेश स्वेच्छाले सदस्यता त्याग गर्न सक्ने प्रावधान सहकारीमा हुनु आवश्यक छ । सहकारीको अहित हुने काम गरेमा कुनै सदस्यहरूलाई कारवाही गर्न सकिने स्पष्ट व्यवस्था गरेर संस्थाभित्र प्रवेश गरेका गलत व्यक्तिहरूको सदस्यता खारेज गर्ने पद्धतिको विकास गरी खुलापनको मूल्यलाई बढी उपयोगी बनाउन सकिन्छ । सहकारीमा व्यवस्थापन र सदस्यहरू बीचको सम्बन्धलाई एक अर्काको परिपूरक बनाउन सहकारी सञ्चालन र व्यवस्थापनलाई पारदर्शी बनाउनै पर्ने हुन्छ । सहकारीका पदाधिकारीहरूले सदस्यबाट प्रत्यायोजित अधिकारको प्रयोग गर्ने भएकाले उनीहरू सदस्यहरूप्रति पूर्णरूपमा जिम्मेवार र जवाफदेही बन्नुको विकल्प छैन । सुशासनका हरेक विधिहरूको उपयोग गरेर समग्रमा सुशासनको अनुभूति दिलाउन सक्नु नै सहकारीका पदाधिकारीहरूको कर्तव्य हो ।

(ग) सामाजिक उत्तरदायित्व (Social Responsibility): सहकारीको स्थापना र सञ्चालनमा निर्दिष्ट समुदायका व्यक्तिहरू संलग्न रहने भएबाट समाजमा सहकारीका सदस्यहरूको सम्बन्ध प्रगाढ रहेको हुन्छ । सहकारीले आफ्ना सदस्यहरूको हितका लागि पनि सामाजिक विकासका क्षेत्रमा योगदान पुऱ्याएको हुन्छ । यसबाट सहकारीका सदस्य भएका र नभएकाहरू प्रति पनि सहकारीले सामाजिक कार्यहरूको प्रभाव स्वभाविक हुन आउँछ । समाजलाई सभ्य र सुसंस्कृत बनाउने काममा सहकारीले योगदान पुयाउन सकेन वा चाहेन भने यस्तो सहकारी निजी व्यवसाय जस्तो बन्न पुग्दछ ।

घ) अरूको हेरविचार (Caring for Others): सहकारीका संघ/संस्थाले आफ्ना सदस्यहरूलाई मात्र हैन समुदाय र अन्तर्राष्ट्रियस्तरका साझा समस्यहरूलाई समाधानमा योगदान पुयाउनु पर्दछ । साझा समस्याहरूप्रतिको संवेदनशीलता र सहयोगको व्यवहार प्रदर्शनमा सहकारीका सदस्यहरू र पदाधिकारीहरूको ध्यान जानु आवश्यक हुन्छ । उदाहरणका लागि विपद व्यवस्थापनको क्षेत्रमा सहकारीहरूले योगदान पुऱ्याइ आएका छन् । समाजका जल्दाबल्दा समस्याहरूको निराकरणको क्षेत्रमा समेत सहकारीले योगदान पुयाई आएका छन् । अहिले हाम्रो हकमा मौसम परिवर्तन, एचआइभी एड्स, मानव बेचविखन, खाद्य पदार्थमा अत्याधिक विषदीको प्रयोग, आयात निर्यातबीचको खाडलले सिर्जना गरेको व्यापार घाटा आदि क्षेत्र तत्कालका लागि सहकारीको सरोकारका विषयहरू हुन सक्दछन् । त्यस्तै समाज सुधार, मानवीय सेवा, वातावरण संरक्षण, समाज सुधार सम्बन्धी जनचेतना अभिवृद्धि आदि क्षेत्रमा कसरी योगदान पुऱ्याउन सकिन्छ भन्ने चिन्तन र व्यवहारको लागि सहकारी संघ/संस्थाले संस्थागत प्रयास गर्नु नै यो मूल्यको पालना भएको मान्न सकिन्छ ।

सहकारीका सिद्धान्तहरू (Principles of Co-operative)

विश्वको बदलिदो आर्थिक तथा सामाजिक परिवेशअनुरूप सन् १९९५ सेप्टेम्बरमा सम्पन्न भएको अन्तर्राष्ट्रिय सहकारी महासंघको शतवार्षिकी समारोहले निम्नलिखित सहकारी सिद्धान्तहरूलाई सहकारी आन्दोलनको उद्देश्य प्राप्ति गर्न मार्गदर्शनको रूपमा जारी गयो, जुन सिद्धान्तहरू आज सबै देशहरूले अबलम्बन गर्दै आएका छन् ।

स्वेच्छिक तथा खुल्ला सदस्यता (Voluntary and Open Membership)

सहकारी स्वेच्छिक संगठन भएकाले यसमा व्यक्तिहर स्वेच्छाले सदस्य बन्दछन् । कुनै पनि व्यक्तिलाई कुनै पनि किसिमको करकाप वा दवाबबाट सदस्य बनाइँदैन । विभिन्न जातजाति, धर्म, लिङ्ग, वर्ण, पेशा आदिको आधारमा भेदभाव गरी कसैलाई पनि सदस्यता लिनबाट रोक्न र सदस्य भैसकेकालाई सदस्यता त्याग्न बन्देज लगाइँदैन । यसरी स्वेच्छिक तथा खुला सदस्यता सहकारीको पहिलो सर्वमान्य सिद्धान्त हो ।

प्रजातान्त्रिक नियन्त्रण (Democratic Control)

सहकारीमा सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण रहनु सहकारीको अर्को मूलभूत सिद्धान्त हो । यसमा सदस्यहरू नै नीति निर्धारण र निर्णय गर्न सक्रियरूपमा सहभागि हुन्छन् । निर्वाचित महिला वा पुरूष प्रतिनिधिहरू संगठनप्रति जवाफदेही हुन्छन् । प्रारम्भिक सहकारी संस्थाका सदस्यहरूमा एक सदस्य एक मतको आधारमा समान मताधिकार निहित हुन्छ । साथै अन्य तहका सहकारीहरू पनि प्रजातान्त्रिक आधार गठन गरिन्छन् ।

आर्थिक सहभागिता (Economic Participation)

सहकारीमा सदस्यहरूद्वारा आर्थिक सहभागिता हुनु यसको तेस्रो प्रमुख सिद्धान्त हो । सहकारीको पूँजी उपर यसका सदस्यहरूको न्यायिक अथवा समान सहभागिता र प्रजातान्त्रिक नियन्त्रण हुनछ । किनभने कम्तिमा उक्त पूँजीको केही भाग विशेषरूपमा सदस्यहरूको साझा सम्पति हुन्छ । सदस्यहरूले सहकारीबाट केही बचत भए साधारणतया सीमितरूपमा सदस्यतावापत लाभांश प्राप्त गर्दछन् । सदस्यहरूले बचतलाई विशेष गरी सहकारी विकासका लागि सञ्चित कोष स्थापना गरेर यसको निश्चित अंशको आधारमा सदस्यहरूलाई लाभ पुऱ्याउन र सदस्यहरूले निर्धारण गरेका अन्य कार्यहरूलाई सहयोग गर्न विनियोजन गरेका हुन्छन् ।

स्वायत्तता र स्वतन्त्रता (Autonomy and Freedom)

स्वायत्तता र स्वतन्त्रता सहकारीको चौथो सिद्धान्त हो । वास्तवमा सहकारी एक स्वायत्त, स्वावलम्बी र सदस्यहरूद्वारा नियन्त्रित संगठन हो । सहकारी संस्थाका सदस्यहरूबाट निर्वाचति प्रतिनिधिहरूले संस्थाको विभिन्न कारोबार, सम्झौता, पूँजी संकलन र परिचालन गर्न तथा अन्य नीति निर्माण एवम् निर्णय गर्न पूर्ण स्वायत्त र स्वतन्त्र हुन्छन् । तर यस्ता क्रियाकलापले संस्थाको स्वायत्तता र स्वतन्त्रतामा कुनै आँच पुयाउन हुँदैन ।

शिक्षा, तालीम र सूचना (Education, Training and Information)

सहकारीले आफ्ना सदस्यहरू, निर्वाचित प्रतिनिधिहरू र अन्य कर्मचारीहरूलाई समेत सहकारी शिक्षा र तालिम दिनु पनि सहकारीको मूलभूत सिद्धान्त मानिन्छ । सहकारी शिक्षा र तालिमबाट यिनीहरूमा सीप, ज्ञान र नेतृत्वको विकास भई सहकारी सञ्चालन गर्न सक्ने क्षमताको समेत विकास हुने हुन्छ । यस्ता दक्ष जनशक्तिबाट समाजका आम जनतामा सहकारी सम्बन्धी शिक्षा, ज्ञान, सीप र सूचनाको प्रचार-प्रसार भई सहकारीको विकासमा ठोस योगदान पुग्न जान्छ ।

सहकारीहरू बीच पारस्परिक सहयोग (Mutual Aid between Co-operatives)

सहकारी संस्थाहरूबीच पारस्परिक सहयोग हुनु पनि सहकारीको अर्को सिद्धान्त हो । सहकारी संस्थाहरू बीच समस्या समाधानका लागि एक आपसमा वित्तीय सहयोग, विचार विमर्श र परामर्श आदान-प्रदान हुने गर्दछ । सहकारी आन्दोलनको सुदृढीकरणका लागि सहकारीताको माध्यमबाट स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सबै सहकारी संस्थाहरू परस्परमा मिलेर सामूहिक हितको लागि काम गर्ने गर्दछन् ।

समुदायप्रति चाँसो (Interest in Community)

समुदायप्रति रुची राख्नु पनि सहकारीका सिद्धान्त हो । सदस्यहरूद्वारा निर्धारण गरिएका नीतिहरूको आधारमा सहकारीले समुदायको दिगो विकासका लागि विभिन्न आर्थिक तथा सामाजिक कार्यक्रम र व्यवसायहरू सञ्चालन गर्ने गर्दछ । सदस्यहरूको सेवा नै सहकारी मूल उद्देश्य भएकोले सहकारीले समुदायप्रति रूची राखी आफ्ना कार्यक्रमहरू सञ्चालन गर्ने गर्दछ ।

माथि उल्लेखित सहकारीका सिद्धान्तहरूलाई विश्वका धेरैजसो राष्ट्रहरूले अंगालेका छन् । यही सिद्धान्तहरूको अवलम्बनको विश्वभर छरिएर रहेका सहकारीहरूमा एकरूपता ल्याएको छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले प्रतिपादन गरेको सहकारीका सिद्धान्तहरूले नै अन्तर्राष्ट्रियस्तरमा सहकारी आन्दोलनलाई प्रभावकारीरूपमा अगाडि बढाउन ठोस मद्दत पुगेको छ ।

संस्थाका क्रियाकलाप एवम् व्यवहारलाई मर्यादित र अनुशासनमा राख्न विश्व ऋण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवको आधारमा विभिन्न सिद्धान्तको विकास गर्ने गरेको छ । सहकारी अभियान भित्र वित्तीय संप्रदायको नेतृत्व लिदैं संसारका उत्तम अभ्यासको आधारमा वित्तीय सहकारीमा शासन, अनुशासन र विधिशास्त्रको विकासका लागि विभिन्न सिद्धान्तहरू जारी भएका छन ।

अन्तराष्ट्रिय सहकारी महासंघको सञ्जाल अवस्था

आपसी सहयोग मार्फत् आफ्ना आवश्यकताहरू परिपूर्ति गर्ने लक्ष्यका साथ गठित सहकारी संस्थाहरूको शिर्ष संघ १८९५ मा स्थापित अन्तराष्ट्रिय सहकारी महासंघमा हालसम्म १०९ वटा देशहरूमा रहेका ३०९ संघहरूको माध्यमबाट ७० करोड व्यक्तिहरू अभियानमा आवद्ध भई सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरूमा आधारित रही सञ्चालनमा रहेका छन् । (अन्तराष्ट्रिय सहकारी महासंघ, स्वीटजरल्याण्ड, २०१९)

बचत तथा ऋण सहकारीको विश्वव्यापी सञ्जाल अवस्था

समुदायका व्यक्तिहरूको वित्तीय क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने संस्था बचत तथा ऋण सहकारी संस्थाहरूले विश्व ऋण परिषद् मार्फत विभिन्न क्षमतामा आफ्नो सञ्जाल विस्तार गरेका छन् । विश्वका ११८ वटा देशहरूबाट ८५४०० संस्थाहरू जसले २७ करोड ४० लाख घरधुरीबाट १.७ ट्रिलियन डलर परिचालन भएको छ । एशियाबाट यो विश्वव्यापी सञ्जालमा दक्षिण कोरिया, सिङ्गापुर, अफगानिस्तान र नेपाल रहेका छन् । (विश्व ऋण परिषद, अमेरिका २०१८)

वित्तीय सहकारीहरूको अन्तर्राष्ट्रिय सिद्धान्तहरू(Principles of Financial Co-operatives)

सदस्यको सुरक्षा सिद्धान्त (Member Protection Principle)

सिद्धान्त समाज विकासको क्रममा व्यवहारबाट पुष्टि र प्रमाणीत गरिएको यस्तो बिन्दू हो जुन परिस्थितिजन्य र सापेक्षित रूपमा विकास हुन्छ । बचत तथा ऋण सहकारी (वित्तीय सहकारी) सदस्यहरूको स्वामित्व, नियन्त्रण र फाइदाको निमित्त दिशा निर्देश हो । सदस्य सुरक्षा सिद्धान्त केही मानहरूलाई परिभाषा गर्दछ, खासगरिः सदस्यको पहरेदारी गर्दछ, सदस्यहरूको अधिकार र दायित्वको विषयमा सजग बनाउँछ । जव वित्तीय सहकारी स्थानीय कानूनको सर्वोच्तामा सञ्चालित हुन्छन, त्यतिवेला निश्चित मापदण्डहरू तयार भएको हुनुपर्दछ । सदस्य सुरक्षा सिद्धान्त वित्तीय सहकारीहरू सञ्चालनका विश्वव्यापि रूपमा विकास भएका उत्कृष्ट अभ्यासबाट परिष्कृत गरिएका हुन्छन ।

बचत तथा ऋणको व्याजदर र सेवा शुल्क (Disclosures of Rates and Fees)

बचत र शेयरलाई इलोक्टोनिक स्वरूप र प्रष्ट लिखित रूपमा छुट्टै फाइल खडा गरेर प्रत्येक सदस्यहरूको पूर्ण विवरण उल्लेख गरिनु पर्दछ । वित्तीय सहकारीमा कुनै पनि खाता सञ्चालन गर्दा वा कारोवार गर्दा व्याज, लाभांश, शुल्क तथा कमिसन विवरणमा पारदर्शी रूपमा उल्लेख गरिनु पर्दछ ।

आवधिक प्रतिवेदन (Periodic Statements)

वित्तीय सहकारीले नेपाल सरकारको सम्बद्ध निकाय र आफ्नो तालुक संघहरूमा साधारण सभा सकिएको मितिले पठाउनु पर्दछ । प्रतिवेदन प्रस्तुत गर्ने अवधिको वित्तीय विश्लेषण र सामाजिक, शिक्षा, उन्नति र व्यवसायको विवरण, खातामा व्याज प्रविष्टी, सञ्चालन शुल्क र आरम्भ र समाप्तको मिति प्रतिवेदनमा उल्लेख गरिनु पर्दछ ।

इमान्दारिता (Honesty and Non-Deceptive)

प्रत्येक वित्तीय सहकारीको बजारिकरण र विज्ञापनले सदस्यहरूलाई संस्थासँग सम्बन्धित निर्णयको सूचनामार्फत जानकारी गराउनु पर्दछ । वित्तीय सहकारीले आफ्ना सदस्यहरूलाई यथोचित जानकारी विना ऋण प्रवर्धन र व्याजको दर वृद्धि गर्न हुदैन । विज्ञापनमार्फत सदस्यहरूलाई जानकारी प्रवाह गर्दा व्याज र लाभांस दर वार्षिक प्रतिशतको दरमा उल्लेख गर्नु पर्दछ । व्याज र सदस्यलाई भार पर्ने शुल्कको विषयमा सदस्यलाई सुसुचित गर्नु पर्दछ ।

प्रवर्द्धन (Promotions)

वित्तीय सहकारीले सदस्यहरूलाई सही, प्रतिस्पर्धी, पारदर्शी र पूर्ण सूचना सहितको सम्पूर्ण वित्तीय समाधानको लागि मुद्राको लागतको आधारमा रूपमा सेवा दिनु पर्दछ । राज्यको वित्तीय कानूनको आधारमा मुद्रा शोधन, सटही, स्थानान्तरण जस्ता सेवाको विषयमा वित्तीय सहकारीले सदस्यलाई सेवा सम्बन्धी जानकारी दिनु पर्दछ । यस्ता सेवा दिने क्रममा सेवाको स्तर वृद्धि गर्दै गुणस्तरीय सुनिश्चितालाई ध्यान दिनु पर्दछ ।

स्वच्छ र सिधा ऋण (Fair Credit Practices)

वित्तीय सहकारी सदस्यहरूको जीवनस्तर बदल्नको निम्ति प्रतिवद्ध हुनु पर्दछ । सदस्यहरूकै स्वामित्व, नियन्त्रण र फाइदाका लागि सञ्चालित हुने हुदा वित्तीय सहकारीले स्वच्छ व्यवसायको रूपमा सञ्चालित हुनु पर्दछ । बचत गर्ने सदस्यको अधिकार भने ऋण सुविधा हो । बचत सदस्यलाई आवश्यकता भएको बेला विलम्ब शुल्क विना तत्काल उपलब्ध गराउनु पर्दछ । ऋण दिन नसक्ने हुदाँ सदस्यले किन ऋण पाएन सोको लिखित जानकारी सदस्यलाई गराउनु पर्दछ । सञ्चालक तथा कर्मचारीले ऋण प्रवाह वापत कुनै क्षतिपुर्ति लिन वा लिनदिन हुदैन । अग्रीम ऋण भुक्तानिमा वित्तीय सहकारीले कुनै अतिरिक्त शुल्क तिर्नु बुझाउनु हुदैन ।

आत्म सम्मानयुक्त ऋण असुली अभ्यास (Dignified Collection Practices)

वित्तीय सहकारी सदस्यको स्वःसहयोग, स्वःशासन र स्वः उत्तरदायित्वबाट सञ्चालित संगठित व्यवसाय हो । शेयरमा सदस्य सम्बन्धनको कारणले सञ्चालक समितिको निर्माण भएको हुन्छ । त्यसैले वित्तीय सहकारीले आफ्ना सदस्यहरूले ऋण लगानी, अनुगमन र असुली गर्दा प्रत्यक्ष वा परोक्ष रूपमा शक्ति र धम्कीको प्रयोग गर्नु हुदैन मानसिक, भौतिक, शाब्दिक वा सांकेतिक दवाव र प्रभाव पार्नु हुँदैन । सदस्यले ऋणको किस्ता र व्याज बुझाउन नसकेको अवस्थामा कुनै हिंसात्मक रूपमा सदस्यको व्यक्तित्व, प्रतिष्ठा र सम्पतिलाई प्रहारको निशाना बनाउन हुदैन । सदस्यको गोपनियताको अधिकारलाई सम्मान गर्नु पर्दछ । वित्तीय सहकारीको जग विश्वास र निर्दिष्ठ आचरणमा उभिएको हुन्छ यसलाई गुम्न दिनु हुदैन यस्तो अवस्थामा संस्थाले सदस्यबाट सूचना संकलन गरी उचित परामर्श दिने गर्नु पर्दछ ।

सूचना पाटी (Information Board)

वित्तीय सहकारी सार्वजनिक क्षेत्र भएकाले यसले आफ्ना सदस्यका सरोकारवाला विषयमा सदस्यको सूचनाको हक अनुसार सुसुचित गर्नु पर्दछ खासगरि संस्थाको वित्तीय सन्तुलन राख्ने PEARLS : Software Monitoring system का सूचाङ्कहरू अन्य सार्वजनिक सूचनाहरू सूचना पार्टीमा राखि संस्था सञ्चालनका अवस्था सार्वजनिक गर्नु पर्दछ । यसले हरेक सदस्यलाई संस्थाको अवस्था रणनीतिक निर्देशनको लागि उत्प्रेरित गर्दछ ।

परामर्श तथा विवाद समाधान सेवा (Counseling and Dispute Resolution Services)

कानूनी प्रणालीको माताहातमा सदस्यहरू साधारणसभाको माध्यमबाट विनियम संशोधन र नीति निर्माणको सवालमा स्वयत्त हुन्छन । विवाद समाधानको लागि सदस्यहरूले लोकतान्त्रिक विधि अवलम्बन गर्न पाइने प्रावधानको व्यवस्था गरिन्छ । सामान्यत विवादका पक्षहरूको सम्वादबाट वा वित्तीय सहकारी आफैँ वा तेश्रो पक्षको सहयोगमा गरिन्छ । यस्तो सम्वाद स्वच्छ र स्पष्टवादी हुनु पर्दछ ।

मितव्ययीता र ऋणको शिक्षा (Education About Thrift and Wise Use of Credit)

वित्तीय सहकारी सञ्चालनका अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार वित्तीय सहकारी लक्ष्य पनि सदस्य र उद्देश्य पनि सदस्यहरूको समृद्ध जीवन हो । समृद्धिको महत्वपूर्ण आधार बचत नै हो । साकोले बचत गर्न र बचतको प्रयोग गर्न सिकाउँछ । यसको लागि संस्थागत नाफाको केही भाग सदस्य शिक्षा, दिक्षा र ज्ञान, सीप र क्षमताको अविवृद्धिको लागि खर्च गरिन्छ।

वित्तीय सहकारीका अन्तर्राष्ट्रिय सुशासनका सिद्धान्तहरू (International Credit Union Governance Principles)

सुशासन संस्था भित्रको शक्ति र सामर्थको नियन्त्रण र वितरण तथा केन्द्रिकरण र विकेन्द्रिकरणको प्रणाली हो । खास गरि तीन विषयहरू कार्यविधि, संगठनको संरचना र सूचनाको व्यवस्थापनमा सञ्चालकहरू र कर्मचारीलाई काम र कार्यविधिमा जवाफदेही बनाउन बचत तथा ऋण सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तहरू वित्तीय सहकारीमा लागू गर्नका लागि विश्व ऋण परिषद्ले निर्माण गरेको छ । यी सुशासनका सिद्धान्तले बचत तथा ऋणको संघ र महासंघलाई सञ्चालन नगरि प्रारम्भिक संस्थाका चुनौतिहरूलाई तीन तह व्यक्तिक, संस्थागत र वाहिय तहमा सम्बोधन गर्दछ । सञ्चालक समिति र व्यवस्थापकले संस्थागत र वाहिय सुशासनको लक्ष्यलाई प्राप्त गर्न हरेक सञ्चालकले वयक्तिक सुशासनलाई पालना गर्नु पर्दछ । सुशासन वर्तमानको पहिचान र भविष्यको आवश्यकताको लागि जिम्मेवार हुन्छ । नीति निर्माण, निर्णय प्रक्रिया र सरोकारवालाको उच्चतम छनौटको लागि उत्कृष्ट सेवाको लागि वित्तीय सहकारीमा सुशासनका चार स्तम्भहरूः सामुहमा स्वामित्व र फाइदा, जवाफदेहि व्यवस्थापन, रणनीतिक नेतृत्व र लोकतान्त्रिक नियन्त्रण

वाह्य सुशासन (External Governance)

सहकारी सुशासनका चार स्तम्भहरू सामुहिक स्वामित्व र फाइदा, जवाफदेहि व्यवस्थापन,

वित्तीय सहकारीहरू समुदायमा आधारित संस्थाहरू हुन । राज्य र नागरिकको सरोकार र चाँसोको क्षेत्र भएकाले वित्तीय सहकारीहरू परदर्शीता, लेखापरीक्षण, र वित्तीय प्रतिवेदन सदस्य, आवद्ध संघ राज्यलाई बुझाउनु पर्दछ । वित्तीय सहकारीहरूले अन्तर्राष्ट्रिय सुरक्षा र प्रभावकारीताको सिद्धान्त र सम्वद्ध देशको कानून र नियमनका ढाँचाहरूलाई अनुसरण गर्नु पर्दछ ।

रणनीतिक नेतृत्व, र लोकतान्त्रिक नियन्त्रण |

पारदर्शिता Transparency: सञ्चालक समिति सदस्यका प्रतिनीधि भएकाले समितिका पदाधिकारीले सदस्यहरू, सरोकारवाला नागरिक, आवद्ध संघ र नियमनकारी निकायलाई संस्थाको क्रियाकलापको बारेमा इमान्दारिताका साथ सूचना सम्प्रेशण गर्नु पर्दछ । वित्तीय प्रतिवेदन, लेखाको सर्वमान्य सिद्धान्त र स्थानीय नियमनका मापदण्डको आधारमा संस्थाको स्थिति विवरण सदस्य र सरोकारवालाई उपलब्ध गराउनु पर्दछ ।

अनुपालन Compliance: सस्थाले राज्यको कानून र नियमनकारी निकायको मापदण्ड र निर्देशिकाहरूलाई अनुपालन गर्नु पर्दछ । विधिशास्त्रको भावना, अन्तर्राष्टिय सिद्धान्तहरू, आवद्ध राष्टिय संधका मापदण्ड, संकल्पका भावना, मर्म र शब्दलाई अनुसरण गर्नु संस्थाको दायित्व हुन्छ । संस्थाले आर्थिक वर्ष समाप्त भएको ९० दिनभित्र वार्षिक लेखापरीक्षण गर्नुपर्दछ । यस्तो लेखापरीक्षण गर्दा एउटै लेखापरीक्षकलाई निरन्तर तीन पटकभन्दा बढी लेखापरीक्षण गराउनु हुदैन र लेखापरिक्षको नियुक्ति गर्दा प्रतिस्पर्धात्मक प्रणालीबाट गराउनु पर्दछ । साथै सम्पति शुद्धिकरण, सामाजिक परीक्षण र कर भुक्तानीमा समेत सचेत रहनु पर्दछ ।

सार्वजनिक जवाफदेहीता (Public Accountability): समयक्रममा राज्यको संरचना, राष्ट्रिय कानून, सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तहरू, मापदण्डहरू बदलिरहन्छन् यस्ता बदलिएका विधि, प्रविधि र नीतिलाई सञ्चालक समितिका पदाधिकारीले निरन्तर जानकारीमा राख्नु पर्दछ । सार्वजनिक सरोकारका विषयहरू, सूचना संयन्त्रहरू र सदस्य र समुदायका चाख र चाहनालाई सम्बोधन गर्न तत्परता देखाउनु संस्थाको दायित्व हुन्छ ।

आन्तरिक सुशासन (Internal Governance)

वित्तीय सहकारीहरू व्यवसायिक संस्थाहरू भएता पनि यिनीहरू मुख्यत नाफाको लागिभन्दा पनि सदस्यहरूको सेवाका लागि समर्पित हुन्छन । लोकतन्त्रको पहिलो पाठशालाको रूपमा रहेको सहकारी अभियानले लोकतान्त्रिक नियन्त्रण प्रणाली प्रकृतिलाई आधार बनाउका हुन्छन । एक व्यक्ति, एक मत; आवधिक निर्वाचन, साधारणसभाको सर्वोच्चता, साधन तथा श्रोतमा समान सहभागिता र न्यायीक वितरण; बचत तथा ऋणका सञ्चालनका अन्तर्राष्ट्रिय सिद्धान्त प्रति निष्ठा जस्ता विषय आन्तरिक सुशासन प्रणालीमार्फत सम्बोधन गर्न संस्थाको चालक पक्ष वित्तीय सहकारीको संरचनाको कामको परिभाषा निश्चित गर्नु पर्दछ ।

संरचना (Structure)

सञ्चालक समितिको संख्या निर्धारण गर्दा बिजोर संख्यामा न्यूनतम पाँच देखि अधिकतम नौसम्म गर्ने । सञ्चालकहरूलाई सेवा र सुविधा विनियोजन गर्दा क्रमिकरूपमा गर्दै जाने ।

संस्थाका सबै सदस्यलाई सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा चुन्ने र चुनिने स्वतन्त्रता ।

साधारणसभामा यथेष्ट गणपूरक संख्याको उपस्थितिमा विगतको समीक्षा र आगतको निक्षेपणमा सहभागि बनाइ संस्थाको नीति, कार्यक्रम र योजनामा सदस्यको अपनत्व र स्वामित्व स्थापित गर्ने ।

निरन्तरता (Continuity)

वित्तीय सहकारीहरू अविछिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुन । यस्ता संस्थामा व्यक्तिहरू सञ्चालकमा आउन सक्छन् जान सक्छन् तर संस्था निरन्तर चलिरहन्छ । त्यसैले सञ्चालक समितिले उत्तराधिकारी सम्बन्धी योजना बनाउनु पर्दछ यस्तो योजना बनाउँदा सदस्यहरू जाति, भाषा, धर्म, राजनीति र लिङ्गबाट निरिपेक्ष भई स्वतन्त्र प्रतिप्रर्धाको आधारमा निर्वाचित हुने वातावरण तयार गर्नु पर्दछ । संस्थाको दिगो विकास र प्रतिस्पर्धात्मक स्थानमा प्राप्त गर्न र कायम राख्न सञ्चालकहरूले संस्थाप्रति समर्पित भई काम गर्नु पर्दछ । समितिले संस्थाका जोखिममा आधारित सुपरीक्षणका आधारमा संस्थाको नीति तर्जुमा व्यवस्थापन र असुली योजनालाई प्राथमीकताको विषय बनाई पुरानो कारोवारको निरन्तरता र विरासत स्विकार्नु पर्दछ ।

सन्तुलन (Balance)

सञ्चालक समितिको प्रतिनीधित्वलाई वैज्ञानिक बनाउनः सदस्यहरूको संख्याको घनत्व, सदस्यहरूको आर्थिक सहभागिता, सेवाको माग र आपूर्तिको आधारमा सन्तुलित गर्न सञ्चालक समितिले नीतिगत व्यवस्था गरी अधिकतम लचक बन्नु पर्दछ । सबै सञ्चालकहरूले न्यूनतम योग्यता पुयाई अनुभव र विविधतालाई आधार बनाउनु पनि सञ्चालकहरूले पुयाउनुपर्ने न्यूनतम मापदण्ड पूरा गरेको हुनु पर्दछ

जवाफदेहीता (Accountability)

सञ्चालक समिति साधारणसभाप्रति जवाफदेहि हुनु पर्दछ । यस्तो साधारणसभा सदस्यहरूको गणपूरक संख्या सहभागि भए पश्चात् आफ्नो संस्थाको विषयमा अन्तर ष्ट्रिय सिद्धान्तको आधारमा निर्णय लिन सार्वभौम हुन्छ । सार्वभौम साधारणसभाको मुल विशेषता सहभागिता र जवाफदेहीता हो भने न्यूनतम माध्यता प्रतिनिधिमुलक सञ्चालक समिति, मध्यवर्ति मूल्य सदस्यहरूबाट अनुमोदित हो भने अधिकतम मान्यता प्रत्यक्ष वा जनसंख्या र मुद्रा प्रवाहको आधारमा समावेशी हुनु पर्दछ ।

सञ्चालक समिति र व्यवस्थापनको जिम्मेवारी, दायित्व, काम र कार्य नीतिमा प्रष्ट उल्लेख गरिएको हुनु पर्दछ । समितिले संस्थाको रणनीतिक योजना, नीतिहरूको निर्धारण र जोखिममा आधारित सुपरीवेक्षण प्रणाली, आन्तरिक अनुगमनको प्रणालीबाट सञ्चालक समितिले निदिष्ट लक्ष्य र उद्देश्य हासिल गर्नु पर्दछ । व्यवस्थापनले सञ्चालनक समितिले निर्धारीत गरेको लक्ष्य प्राप्तिको लागिः योजना र बजेट, सञ्चालन प्रणाली, स्विकृत नीतिको कार्यान्वयन गर्नु पर्दछ ।

व्यक्तिगत सुशासन (Individual Governance)

मानव जीवन सरलताबाट जटिलतातर्फ र न्यूनस्तरबाट उच्चस्तरतर्फ गतिशिल रहन्छ । समाज विज्ञानको उच्चतम स्वरूपमा प्रवेश गर्दै जाँदा मर्यादा र आचरणका नियमबाट बादिन्छ । मानिसको जीवन पद्धतिको हिस्सा भएर नै बचत तथा ऋण अभियान गतिशिल बनिरहेको हुन्छ । समानता र न्यायको लागि मानवीय कल्पनाको संगठित व्यवसायिक योजनाको रूपमा सहकारीले स्थान लिएको हुन्छ । मानिसहरूको आवद्धतामा सञ्चालित हुने संगठित क्षेत्र भएकाले मानव विकासका लागि एफ.डब्लु राइफाइसनले संस्थाको संस्था र सदस्यबीच सम्बन्धलाई सञ्चालन गर्ने शासन र प्रशासनलाई व्यवस्थापन गर्न तीन पक्षहरूः आत्म सहयोग, आत्म शासन (निर्दिष्ट आचरण) र आत्म उत्तरदायित्वमा जोड दिएका थिएः व्यक्तिक सुशासनलाई व्यवस्थित बनाउन वित्तीय सहकारीले ध्यान दिनुपर्ने विषयहरूः

अखण्डता (Integrity)

अखण्डता क्रियाकलाप होइन यो व्यवहार र आचरण हो । वित्तीय सहकारीले यो निर्दिष्ट अभ्यास अथवा आचरणलाई आत्मसात गर्नु पर्दछ । वित्तीय सहकारीका सदस्य र सञ्चालकहरू अपराधिक भावना र मनोवृति हुनु हुँदैन उनीहरू राज्यको कुनै कालो सूचीमा पर्नु हुदैन । परिवारका सदस्यहरू एउटै समयमा सञ्चालक समिति र व्यवस्थापनमा रहि काम गर्नु हुँदैन । सञ्चालक समितिका सदस्यले आफ्नो हितसँग सम्बन्धित विषय र पारिवारिक विवादको विषय भएमा त्यस्तो विषयमा भाग लिनु हुँदैन । सञ्चालक समितिको पदाधिकारी र कर्मचारीलाई ऋण प्रवाह गर्दा र किस्ताको विवरणको विषय सञ्चालक समितिको हरेक बैठकमा लिखित जानकारी गराउनु पर्दछ तीन महिना भाखा नाघाउने समिति, उपसमिति र कर्मचारीलाई आफ्नो स्थानबाट हटाउनु पर्दछ । भाखा नघाउने सदस्य समितिको पदाधिकारी वा सदस्यमा चुन्न चुनिन नपाउने विधिको स्थापना गर्न सक्दा वित्तीय सहकारीले आफ्नो अखण्डताको सुरक्षा गर्न सक्दछ ।

योग्यता (Competence)

अबको युग कार्यकुशलता र कामको प्रभावकारीताको आधारमा प्रतिस्पर्धा र प्रतिस्पर्धाको आधारमा योग्यता हासिल गर्ने युग हो । तोकिएको क्षेत्रमा वित्तीय सहकारी सदस्य तथा पदाधिकारिले आफूले योग्यता सावित गर्न संस्थाको नीतिनियम र प्रविधिको पालना, वित्तीय शिक्षा, वित्तीय परामर्श तथा वित्तीय विश्लेषण गर्ने क्षमताको विकास, सञ्चालक समितिको क्षमता अविवृद्धि सम्बन्धी तालिम (CUDCC) निर्वाचित भएको वा चयन भएको पहिलो वर्षमा लिनु पर्दछ । हरेक सदस्यसँग विशिष्ट वित्तीय र व्यवसायिक योजना र सदस्यकेन्द्रिय दृष्टिकोण हुनु जरूरी छ ।

प्रतिवद्धता (Commitment)

समितिको सदस्यहरूनै वित्तीय सहकारीको जीवनशील तत्व हुन । जसको कारणले कृतिम व्यक्तिले जीवन र गति पाइरहेको हुन्छ । त्यसैले समितिका सदस्यले संस्थालाई आवश्यक पर्ने शक्ति र समय उपलब्ध गराउनु पर्दछ । सञ्चालक सदस्यले वित्तीय सहकारीका अतिरिक्त स्वयमसेवी रूपमा अन्य संगठनलाई प्राथमिकतामा राख्नु हुँदैन । हरेक सदस्यले आफ्नो अभिमत राख्न पाउनु पर्दछ र निर्णयको केन्द्रियतालाई सबैले स्वीकार गर्नु र पालना गर्नु सबै सदस्यको जिम्मेवारी हो ।

वित्तीय सहकारीको सुशासनमा सञ्चालक समितिको जिम्मेवारीहरू

वित्तीय सहकारीको रणनैतिक निर्देशन, सञ्चालक समितिबाट व्यवस्थापनको प्रभावकारी अनुगमन र सञ्चालक समितिको संस्था र आफ्ना सदस्यप्रतिको जवाफदेहिताको अवस्था राम्रो भएको कुरा वित्तीय सहकारी सञ्चालन संरचनामा हुनुपर्छ ।सञ्चालक समितिका सदस्यहरूले पूर्ण जानकार भएको आधारमा, इमान्दारपूर्वक, आवश्यकता परेमा कडा मेहनत गरी संस्थाको र यसका सदस्यहरूको हितमा कार्य गर्नुपर्छ ।

सञ्चालक समितिको निर्णयले सदस्यहरूको फरक समूहलाई फरक किसिमको व्यवहार गर्नु पर्दछ । असर पारेको हुन सक्दछ, तर सञ्चालक समितिले सबै सदस्यलाई निस्पक्ष

सञ्चालक समितिले आफ्नो लागि पनि उच्च नैतिक मापदण्डको अवलम्बन गर्नुपर्छ र सरोकारवालाहरूको चाहना तथा हितलाई पनि ध्यान दिनु पर्दछ । सञ्चालक समितिले निम्नलिखित तोकिएको महत्व कार्यहरू पूरा गर्नैपर्दछ । संस्थाको रणनीति, प्रमुख कार्ययोजनाहरू, जोखिम नीति, वार्षिक बजेट र कार्यसम्पादनको रणनीतिक योजना, कार्यसम्पादनका योजना तर्जुमा, कार्यान्वय तथा संस्थागत तथा निर्देशन दिने कार्य । 'अनुगमन तथा पूँजीगत मुख्य खर्च तथा प्राप्तीहरूको पुनरावलोकन

वित्तीय सहकारी सञ्चालनमा सुशासनको अवस्थाको अनुगमन गर्ने र आवश्यकता अनुसार परिवर्तनको निर्णय गर्ने ।

व्यवस्थापकको छनोट, सेवा सुविधा निर्धारण गर्ने, कार्य अनुगमन गर्ने, यदि जरूरिनै भएमा फेर्ने निर्णय गर्ने र भावी बैकल्पिक योजना बनाउने ।

वित्तीय सहकारी तथा सदस्यहरूको दीर्घकालिन हितसँग मिल्दो गरी कार्यकारी र सञ्चालक समितिको भत्ता तथा सुविधा निर्धारण गर्ने ।

198

सञ्चालक समितिको चुनाव तथा उम्मेदवारीको प्रक्रिया औपचारिक र पारदर्शी बनाउने ।

व्यवस्थापन, सञ्चालक समिति तथा शेयर सदस्यहरूले व्यक्तिगत स्वार्थ पूर्तिका लागि गर्न सक्ने वित्तीय सहकारीको सम्पतिको दुरूपयोग एवम् सम्बन्धित व्यक्तिहरूसँगको कारोबारमा हुन सक्ने दुरूपयोगबाट बचाउन अनुगमन गर्ने र व्यवस्था मिलाउने ।

विशेष गरी जोखिम व्यवस्थापन प्रणाली, वित्तीय तथा सञ्चालन कार्यको नियन्त्रण र विभिन्न सम्बन्धित निकायहरूले तोकेका स्तर तथा ढाँचाका प्रतिवेदन पेश गर्ने जस्ता कार्यमा नियन्त्रण गर्ने तथा सम्पादन गर्ने प्रणाली बनाउने तथा स्वतन्त्र परीक्षकबाट लेखापरीक्षण गराउने लगायत वित्तीय सहकारीका लेखा तथा वित्तीय प्रतिवेदनहरू प्रकाशन गर्ने र पेश गर्ने कार्यहरूलाई एकीकृत रूपमा भएको एकीन गर्ने ।

प्रकाशन तथा सूचना प्रवाह गर्ने प्रक्रियाको सुपरीवेक्षण गर्ने ।

सञ्चालकहरू संस्थागत काम कार्वाहीको विषयमा स्वतन्त्र रूपमा सही र गलत छुट्याउन सक्ने हुनु पर्दछ ।

व्यक्तिगत स्वार्थ घुस्न सक्ने विषयहरूमा सोकार्यको जिम्मा लिने पदाधिकारी बाहेक अन्य स्वतन्त्र रूपमा सही निर्णय गर्न सक्ने सदस्यहरूलाई सो कार्यका लागि थप जिम्मेवारी दिन सञ्चालक समितिले ध्यान पुऱ्याउनु पर्छ । यसका प्रमुख उदाहरणको रूपमा वित्तीय तथा गैर वित्तीय प्रतिवेदनहरूको इमान्दारिता जाँच गर्नु, त्यस्तै गरी विभिन्न पक्षसँगको कारोबारहरूको, विभिन्न समितिका लागि प्रस्ताव गरिने नामहरूको र सञ्चालक समितिका सदस्य पदाधिकारीका लागि भत्ता एवम् सुविधाहरूको लागि गरिने निर्णय उपर पुनरावलोकन आदिलाई लिन सकिन्छ ।

सञ्चालक समितिले विभिन्न समितिहरूको निर्माण गर्दा नीतिहरूको कार्य विवरण, गठन तथा कार्य प्रक्रियाको बारेमा स्पष्ट उल्लेख गर्नुका साथै त्यस्ता निर्णयहरू पारदर्शी गरिनु पर्दछ ।

सञ्चालक समितिका सदस्यहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न आफैंमा प्रतिबद्ध हुनु पर्दछ ।

सञ्चालक समितिले आफ्ना जिम्मेवारी पूरा गर्न सही जानकारी समयमै प्राप्त गर्नु पर्दछ ।

वित्तीय सहकारी संस्थागत सञ्चालनका लागि कामको परिभाषा र कार्यसम्पादनलाई व्यवस्थापन गर्ने प्रणाली व्यक्तिगत जिम्मेवारी र सामूहिक नेतृत्व भएकाले समितिका पदाधिकारी र व्यवस्थापन आधार मूल्य र नैतिक मूल्यहरूबाट सञ्चालित हुनु पर्दछ । सामाजिक विश्वासलाई आत्मसात गर्ने गरी निर्धारित आचरणहरू जसलाई सबैले स्वीकार र पालना गर्दछन् । व्यक्तिक सुशासनका लागि अन्तर्राष्ट्रिय सहकारी महासंघले आधार मूल्य र नैतिक मूल्यहरू निश्चित गरेको छ ।

वित्तीय सहकारीमा सुशासनका फाइदाहरू

जवाफदेहीता, पारदर्शिता, विधिको शासन, समता, रणनीतिक योजना र सहभागिता सुशासनका आधारभूत विषयहरू हुन । यी आधारभूत विषयहरू वित्तीय सहकारी अभियानका गतिशील पक्ष हुन जसले संस्थाको दिगो विकासलाई सम्बोधन गर्दछ । खासगरि संस्थाको दिगो विकासको लागि संस्थाले अपनाउनु पर्ने रणनीतिक क्षेत्र जसले वित्तीय सहकारीमा सुशासनलाइ फाइदाहरू पुयाउँछन ।

१.वित्तीय सहकारीमा संस्थागत सुधार,

२.वित्तीय स्थिरता विकासको अवसर सिर्जना,

३.संवोधनशिल साधन र श्रोतको प्रभावकारी उपयोग,

४.समुदायमा विश्वासको सिर्जना,

५.संस्थागत ब्राण्ड विकास र ब्राण्ड व्यवस्थापनमा सहयोग र

६.सदस्य र सञ्चालकको लागि सबैको इच्छा, आवश्यकता र चाहनाको अविवृद्धि ।

सञ्चालन सम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त

सञ्चालक समितिको दक्षताले संस्थाको स्थायित्व र सुरक्षालाई सुनिश्चत गर्दछ । सञ्चालक समितिको सामूहिक जिम्मेवारीको लागि प्रत्येक सदस्यको कामको परिभाषा, आचारका नियमहरू तथा व्यवसायीकताको विकास गरी लोकतान्त्रिक पद्धतिको निर्णय र निर्णयमा एउटै आवाज बनाउनु पर्दछ । सञ्चालक समिति संस्थाको चालक पक्ष भएकाले निश्चित विधि, पद्धतिबाट निर्धारित गरिएको सीप र प्रविधिबाट युक्त हुन जरूरी छ । वित्तीय संस्था सञ्चालन गर्ने सहकारी संस्थाका सञ्चालकहरू वित्तीय विश्लेषकको रूपमा विकास हुन जरूरी छ । यसको लागि विश्व ऋण परिषद्ले जारी गरेका वित्तीय सहकारी संस्था सञ्चालनका नौवटा अन्तर्राष्ट्रिय सिद्धान्तहरू जारी गरेको छ । खासगरि उद्देश्यहरूमा विभक्त गरिएको छ । यी सिद्धान्तहरूलाई तीन विधा लोकतान्त्रिक संरचना, सदस्यहरूलाई सेवा र सामाजिक

सहकारी संरचना

१.सदस्यताहरूको स्वामित्व

२. सदस्यहरूको नियन्त्रण

३. प्रजातान्त्रिक नियन्त्रण

ख.सदस्यहरूलाई सेवादछ ।

४.सबैले

५.वित्तीय स्थिरताघल

ग.

६.वित्तीय समावेशीकरण

सदस्यहरूलाई आर्थिक फाइदामा बढोत्तरी

सामाजिक उत्तरदायित्व

वित्तीय साक्षरता रनीयधन

७.

८.सञ्जाल सहयोग

९.सामाजिक दायित्व क्षत्र

१०. विश्व दृष्टिकोण

वित्तीय सहकारी सञ्चालनका सिद्धान्तहरू

बचत तथा ऋण सहकारीको सञ्चालनलाई निर्देशित गर्न आइरिस लिग अफ क्रेडिट युनियनले १९९४ आरम्भ गरेको सिद्धान्तलाई विश्व ऋण परिषदले १९८५ देखि परिभाषित गर्यो निर्धारण गरेको सिद्धान्त २०१८ मा परिवर्तन गरेको छ । यो सिद्धान्त वित्तीय सहकारी मार्फत मानवजातिको बीचमा सहकार्यको दर्शन हो । समानता, समता, न्याय, भातृत्व र आत्मसहयोगको केन्द्रीय मूल्य हो । बचत तथा ऋण सहकारीको मूल्य, नीति, विधि र प्रविधिलाई अभ्यासमा ल्याउने मार्गदर्शन हुन् ।

नेपालमा राज्यको पुनसंरचनासँगै सहकारीको नियामक भूमिका तीनै तहको सरकारको कार्यसूचिमा समावेश भएको छ । केन्द्रमा सङ्घीय ऐनको रूपमा सहकारी ऐन, २०७४ आइसकेको छ, प्रादेशिक रूपमा सबै प्रदेशमा प्रदेश सहकारी ऐनको खाका तयार भइरहेको छ भने पालिकाको तहमा सहकारी ऐन केही पालिकाले अभ्यासमा ल्याइसकेका छन् । सहकारीको सञ्चालन, व्यवस्थापन र विकास गर्न नियमन र प्रवर्धनको सन्दर्भमा निर्देशक विषयका रूपमा विश्व ऋण परिषदबाट लागू गरिएका बचत तथा ऋण सहकारीको सिद्धान्तहरू नै हुन । विश्व ऋण परिषद्ले समय सापेक्षित रूपमा बचत तथा ऋण सहकारीका सिद्धान्तहरू सदस्य सुरक्षा सिद्धान्त, सञ्चालनसम्बन्धी सिद्धान्त र सुरक्षा र प्रभावकारिताको सिद्धान्तमा सिकाइ र नेतृत्व गर्दै सिद्धान्तहरूलाई अद्यावधिक गर्दै आएको छ। यो सिद्धान्तको जगमा मानव विकास, सहकार्य, भविष्यका सन्ततिको विकास र जगत र जीवनको उन्नतिका लागि सहकारी अभियानका परिवर्तित आयामलाई सापेक्षित सम्बोधन गर्न विश्व ऋण परिषद्ले बचत तथा ऋण सहकारीको सञ्चालनसम्बन्धी सिद्धान्तमा २०१८ मा परिवर्तन गरी सहकारीको संरचना, सदस्य सेवा र सामाजिक उत्तरदायित्वमा १० वटा सैद्धान्तिक विषयलाई परिभाषित गरिएका छन् । बचत तथा ऋण सहकारी सस्ताहरू अन्तर्राष्ट्रिय रूपमा निर्धारण गरिएका सिद्धान्तको मर्यादा अनुसार राज्यको कानूनी सहिताले निर्देशित हुन्छन् ।

(क) सहकारीको संरचना

१.सदस्यहरूको स्वामित्व

सहकारी सस्थालाई सेवा उपभोग गर्ने सदस्यहरूले संस्थाको स्वामित्व नियन्त्रण र फाइदा लिने गरी सञ्चालन व्यवस्थापन र विकास गर्दछन् । यस्ता बचत तथा ऋण सहकारी संस्थाहरू समुदायमा आधारित र सदस्य केन्द्रित हुन्छन् । यिनीहरूको स्वायत्तता र अधिकारको विषयमा राज्यको कानूनले सङ्कुचन गर्नु हुदैन । संस्थाहरूले आफ्नो सञ्जाल व्यवस्थापनको स्वामित्व लिइ माथिल्लो संघमा आवद्धता हुने र सञ्जालको स्वामित्व लिनुपर्दछ ।

२.सदस्यहरूको नियन्त्रण

बचत तथा ऋण सहकारीहरू पूँजीगत प्रतिनीधित्वको आधार नभई सदस्यको प्रतिनिधिमूलक नियन्त्रण प्रणालीका आधारमा सञ्चालित हुन्छन् । व्यवस्थापन सञ्चालक समितिको मातहतमा रहने र सञ्चालक समिति साधारणसभाप्रति उत्तरदायी हन्छन् । साधारणसभाको सर्वोच्चता, सञ्चालक समितिको सुपरिवेक्षणका लागि लेखासमितिको व्यवस्था र मूल नीतीहरूको निर्धारण गर्ने र प्रतिवेदनहरू पेश गर्ने तथा सदस्यहरू सहकारी संस्थाको शासकीय प्रणालीमा संलग्न हुने, संस्थाको नीति, कार्यक्रम र बजेटको अनुमोदन गर्ने प्रक्रियाले संस्थामा सदस्यहरूको नियन्त्रण कायम गरिन्छ ।

३.लोकतान्त्रिक नियन्त्रण

सहकारीलाई समावेशी लोकतन्त्रको नमूनाको रूपमा लिइन्छ । सहकारी संस्थामा आवधिक निर्वाचन, सदस्यको बीचमा चुन्ने र चुनिने प्रक्रिया पूँजीगत आधारमा नभई एक व्यक्ति एक मत आधारमा हुने, सञ्चालक समितिमा समावेशी सहभागिताले सहकारी संस्थालाई लोकतान्त्रिक नियन्त्रणको विधिबाट सञ्चालन गरिन्छ ।

(ख) सदस्यलाई सेवा

४.वित्तीय समावेशीकरण

बचत तथा ऋण सहकारीले सदस्यले स्वीकार गर्न सक्ने मूल्य निर्धारण गरी सदस्यलाई दिने सेवाका लागि संस्थालाई वित्तीय सक्षमता, सदस्यलाई वित्तीय उपलब्धता र सदस्यहरूको वित्तीय पहुँचलाई सुनिश्चित गरिनु पर्दछ । बचत तथा ऋण सहकारी संस्था सदस्यहरूको जीवनस्तर परिवर्तनका लागि स्वैच्छिक र खुला रूपमा एकत्रित भएका उस्तै दायित्व लिन स्वीकार गरेका व्यक्तिहरूको सङ्गठित र स्वशासित संस्था हो । बचत तथा ऋण सहकारी संस्थाहरू कुनै पनि प्रकारको भेदभाव जाति, राष्ट्रियता, लिङ्ग, धर्म र राजनीतिका आधारमा भेदभाव नगरी वित्तीय सक्षमता, वित्तीय उपलब्धता र वित्तीय पहुँच निर्धारण गरी वहन गर्न सक्ने वित्तीय उत्पादन र सेवाहरूको प्रयोग हो । एफ्.डब्ल्यु. राइफाइसनले भनेको जस्तो स्वःसहयोग स्वःशासन र स्वः उत्तरदायित्वका आधारमा कुनै पनि जाति, लिङ्ग, धर्म, राष्ट्रियता र राजनीतिको भेदभावबिना बचत तथा ऋणसहकारीमा मानिसहरू वित्तीय कारोवार गर्न मात्र होइन आफ्नो जीवनस्तर बदल्न, व्यवसायिकीकरण, सामाजिकीकरण र मानविकीकरणको प्रक्रियाको लागि सङ्गठित हुन्छन् । सहकारीमा अवसरको उपलब्धतामा र वित्तीय पहुँचमा समानता हुन्छ । सहकारीको स्थापना समाजमा बहिष्करण र बाधाहरूका विरूद्ध उस्तै विचार भएका मानिसलाई सङ्गठित र सम्बोधन गर्न हो । आधुनिक युगमा नेपालको सन्दर्भमा सहकारी समाजवाद निर्माणमा आर्थिक नेतृत्व र देशको नेतृत्वको मुख्य धाराको सोच हो नेपालको अर्थराजनीतिको संवैधानिक दायित्व पूरा गर्न औपचारिक वित्तीय प्रणाली मार्फत विशाल जनसङ्ख्यामा कारोबार, भुक्तानी, बचत, ऋण र बीमाको पहुँच भरपर्दो र दिगो रूपमा विस्तार गर्नु हो । सदस्यहरूले सद्धान्तिक गति र कुशल अनुभवबाट सदस्यहरूलाई उपयोगी र मितव्यायी वित्तीय उत्पादन र सेवा स्थायी रूपमा र आपसी समझदारीमा पूरा गर्दछन् । यस्तो वित्तीय समावेशीकरण गरिवी निवारण र समृद्धिको आधार हो ।

५.दीगो वित्तीय सेवा

सदस्यहरूलाई सम्पूर्ण वित्तीय समाधानको लागि संस्थागत पूँजीको विकास गर्दै बचत तथा ऋण सहकारीले निरन्तर गुणस्तरीय सेवा दिनु पर्दछ । दिगो वित्तीय सेवाको लागि संस्थाले सञ्चालन खर्च, लागत खर्च, बचत र ऋणमा स्वच्छ ब्याजदर, सेयरमा उचित लाभांश, • वित्तीय सूचाङ्कको सन्तुलित र सुरक्षित अवस्थामा ध्यान दिई सदस्यको विश्वास सञ्चालकको निर्दिष्ट आचरणको आधारमा संस्थाको दीगोपना र स्थायित्वको प्रत्याभूति गर्नुपर्दछ । दिगो वित्तीय सेवाको लागि दुई आधार हुन्छन् । वित्तीय कारोबारको दीगोपना र संस्थाको दीगोपनाको लागि वित्तीय बजारमा सहकारीको पहुँच र वित्तीय सक्षमता, बचत र ऋणमा प्रतिस्पर्धात्मक ब्याज दर सहितको स्थान, अद्यावधिक नीति र आधुनिक प्रविधिका आधारमा प्रभावकारी सञ्चालन र कुशल व्यवस्थापन तथा कर्मचारीको सन्तुष्टि, सदस्यताको विस्तार तथा समष्टिगत धारणा, अनिवार्य नियमित बचत तथा उद्दमशीलतामा आधारित ऋणका आकारमा वृद्धिको माध्यमबाट दिगो वित्तीय सेवालाई सुनिश्चित गर्नुपर्दछ ।

६.सदस्यहरूको आर्थिक लाभवृद्धि

सदस्यको लाभवृद्धि नै सहकारी संस्थाको मूल लक्ष्य हो । बचत प्रोत्साहनको माध्यमबाट ऋण लगायतका सेवाको प्रतिस्पर्धात्मक ब्याजदर निर्धारण गर्नुपर्दछ । संस्थाको वित्तीय सक्षमतासँगै संस्थाले सेवाका सर्त र सेवाका दरलाई प्रतिस्पर्धात्मक बनाई सदस्यहरूको आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यावरणीय अधिकारको प्रत्याभूति गर्न पहल गर्छन् । आर्थिक लाभवृद्धिका लागि निजी लगानीको प्रवर्धन, स्व-रोजगारको सिर्जना, साना उद्योगमा, रोजगारको पहुँचमा प्रगति, सम्पतिको मूल्यमा वृद्धि, आर्थिक अनिश्चिताको समयमा स्थिरता कायम राख्न र ऊर्जाको मूल्यलाई स्थिर राख्न सहयोग प्रदान गर्दछ ।

(ग)सदस्य सेवा

७.वित्तीय साक्षरता

संस्थाले आफ्ना सदस्यलाई आर्थिक, सामाजिक, लोकतान्त्रिक र व्यवसायिक विकासका लागि व्यक्तिगत वित्त, पैसा र लगानी सम्बन्धी बिषय सहित विभिन्न वित्तीय क्षेत्रको शिक्षा र समझ वित्तीय साक्षरता हो । वित्त शिक्षाको तालिम र प्रशिक्षण मानक जीवनको अपरिहार्यता हो । समयको सापेक्षतामा विकास भएका बचत, ऋण, ऋणको वृहत्तर प्रयोग, वित्तीय योजना र व्यक्तिगत र पारिवारिक बजेटको माध्यमबाट आर्थिक विकास कूल गार्हस्थ्य उत्पादनमा वृद्धि, राष्ट्रिय आयाम वृद्धि र प्रतिव्यक्ति आयमा योगदान पुऱ्याउनु पर्दछ । सहकारी संस्थाले हरेक सदस्यलाई आफ्नो वित्तीय स्रोत र आवश्यकताको लागि वित्त परिचालनको प्रभावकारी निर्णय लिने कौशलता र ज्ञानभण्डार शिक्षा, तालिम र सूचना दिनु पर्दछ । संस्थाले सदस्यलाई संस्थाका आधारभूत मान्यता र व्यक्तिका मुख्य दायित्वको शिक्षा पनि प्रदान गर्नु पर्दछ । सदस्यलाई आत्मनिर्भरता, आर्थिक वृद्धि र वित्तीय स्थिरताको लागि सहयोग पुग्छ । सदस्यको जीवनमा वित्तीय मार्गचित्र दिन्छ । व्यक्तिगत वित्त सम्बन्धी बिषयलाई कुशल तरिकाले व्यवस्थापन गर्न सदस्यलाई सहयोग पुग्दछ । व्यक्तिगत वित्त पोषण, बीमा, अचल सम्पति, कलेज, सेवा निवृत, करयोजनाको भुक्तानी, पूँजी बजारको ज्ञान र लगानी प्रवर्धन जस्ता व्यक्तिगत निर्णय गर्ने क्षमताको विकास गर्दछ । लाभमा आधारित बचत, मुद्राको समयको मूल्य लगायतका विषयमा वित्तीय निर्णय लिन्छ ।

५. सञ्जाल व्यवस्थापन

सहकारी अभियानको लक्ष्य र उद्देश्य विश्वबन्धुत्व र विश्व समृद्धि पनि हो । त्यसका लागि बचत तथा ऋण सहकारी अभियानको विधि, नीति, प्रविधि र अभ्यासलाई विश्वब्यापी रूपमा ऐक्यबद्धता र संरक्षणका लागि विश्वभरिका बचत तथा ऋण सहकारी बीच बन्धुत्व र समृद्धिका लागि हरेक मुलुकमा रहेका केन्द्रीय सहकारी संघहरूले सञ्जाल व्यवस्थापनको अपरिहार्यतालाई स्वीकार गर्नुपर्दछ ।

९.सामाजिक उत्तरदायित्व

बचत तथा ऋण सहकारी स्थापनाकालदेखि स्व-सहयोग, स्व-शासन र स्व- उत्तरदायित्वको लिएर हार्थिक, सामाजिक र सांस्कृतिक विकास गर्ने मुल उद्देश्यका साथ स्थापित भयो । बचत तथा ऋण सहकारीमा आर्थिक बिकासको परिकल्पनाको आधारमा न्यायिक, स्वस्थ र समृद्ध समाजको निर्माणका लागि सदस्य र समुदायको वृहत्तर हित प्रवर्धन गर्न आर्थिक, सामाजिक कानूनी र परोपकारी पूरा गर्नुपर्दछ । आफ्नो समुदायको विकास गर्न आर्थिक र सामाजिक गतिबिधिमा संलग्न भई समुदायको विकास गर्न आर्थिक र सामाजिक गतिविधिमा संलग्न भई समुदायको जीवनस्तर बिकासमा योगदान पुयाउने क्षत्रमा संस्थाको शक्ति, सामर्थ्य र परिभाषित पूँजीको स्वैच्छिक परिचालन गर्नु संस्थाको दायित्व हो ।

१०.विश्व दृष्टिकोण

बचत तथा ऋण सहकारीको माध्यमबाट विश्व समुदायको निर्माण गर्ने, सम्मिलित गर्ने, अभियान चलाउन, स्थान कायम राख्न र बिस्तार गर्न संसारभरिका सहकारीकर्मी बीच साझा चिन्तन पद्धति र जीवन पद्धतिको विकास गर्नका लागि नीति, विधि, प्रविधि र अभ्यासको दृष्टिकोण बनाउनु पर्दछ । विश्व दृष्टिकोण सहकरी अभियान्ताहरूको सहकार्यको परिणाम हो । सेवा र उत्पादनमा सार्वजनिक ध्यान खिच्न, लक्षित सदस्यसँग सम्बन्ध निर्माण गर्न र तिनीहरूको भरोसा र बफादारी कमाउन सहकारी अभियानले आफ्नो सञ्जालको प्रयोग गर्दछ । विश्वब्यापी रूपमा रहेको कुशल अभ्यासहरू आन्तरिकीकरण वा विश्वब्यापीकरण गरी बचत तथा ऋण सहकारीको छबि निर्माण गर्न नयाँ बिचार, क्षमता, दृष्टिकोण र समाधानका बचत तथा ऋण सहकारी अभियन्ताको दिल र दिमागलाई विश्वब्यापी सम्बन्ध, साझेदारी र सहकार्य गर्न प्रेरित हुनुपर्दछ

सुरक्षा र प्रभावकारीताको सिद्धान्त (Safety & Soundness Principles)

वित्तीय विश्लेषण र अनुगमनको औजार पर्ल्स (PEARLS)

पर्ल्स वित्तीय सहकारीको ग्वाटेमालका डेभिड सि. रिचार्डसन David C. Richardson ले विकास गरेको वित्तीय अनुगमन संयन्त्र हो । पर्ल्स सहकारी विधिशास्त्रको अन्तर्राष्ट्रियरूपमा स्विकृत अनुगमन प्रणाली सन् १९८० मा ग्वाटेमालामा अभ्यासमा ल्याइयो । एक दशक अभ्यासको अनुगमन र विभिन्न विश्वविद्यालयहरूमा गरिएको क्रमिक अनुसन्धान सन् १९९० बाट विश्व ऋण परिषद्ले ग्रहण गर्यो । वित्त विज्ञानको क्रमिक अनुसन्धानको उपज पर्ल्सलाई वित्तीय विश्लेषणको औजारको रूपमा सफ्टवेर मार्फत अनुगमन प्रणालीको विकास गरियो । यो प्रविधिलाई विश्वका धेरै देशहरूमा वित्तीय सहकारीका केन्द्रिय संघ, नियामक निकायले यसलाई अनिवार्य प्रद्धतिको रूपमा सम्बोधन गरेका छन । पल्सको उद्देश्य वित्तीय सहकारीको कार्यकारी व्यवस्थापकीय संयन्त्र, स्तरीय मूल्याङ्कन गर्ने अनुपात र सुत्रहरू, उद्देश्य/ वस्तुगत र तुलनात्मक श्रेणी, सुपरीवेक्षकीय नियन्त्रणमा सहजता कायम गर्ने हो । यो व्यवस्थापन, व्यवसायिक योजना, बजारीकरण, सुपरीवेक्षण र एकीकृत प्रणाली पर्ल्सको विशेषता हुन । पल्सका यिनै विशेषताहरूको कारणले सदस्यमा विश्वसनियता कायम गर्न, सञ्चालक र समितिका पदाधिकारीमा निदिष्ठ आचरणको लागि, सस्थामा वित्तीय सन्तुलन र स्वस्थता, कर्मचारीमा स्थायित्व र सुक्षाको प्रत्याभूती, केन्द्रिय संघलाई अनुगमन र राज्यपक्षलाई नियमन गर्न सहज बनाउको हुन्छ ।

एशियाली ऋण महासंघ (ACCU) को सहयोगमा पर्ल्स आन्तरिक र वाह्य अनुगमन प्रणालीलाई नेपालमा पर्ल्स अनुगमन प्रणाली सर्वप्रथम आ.व. २०५३/०५४ मा भित्रिएको हो । एशियाली ऋण महासंघको सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित एशियामा बचत तथा ऋण सहकारी संस्थाहरूको संस्थागत विकास कार्यक्रम (INDECUA) मार्फत् नेपालका सहकारी संस्थाहरूले पर्ल्स अनुगमन प्रणालीको प्रयोग गर्न थालेका हुन् । पल्स अनुगमन प्रणालीको प्रयोगले संस्थागत विकासको रणनीतिलाई सम्बन्धी मापदण्डमा वित्तीय कारोवार गर्ने सहकारीहरूलाई पालना गर्न गराउन नेफ्स्कून, नियमनकारी निकाय सम्पूर्ण बचत तथा ऋण कारोवार गर्ने संस्थाले पालना गर्न मापदण्ड जारी गरेका छन । नेपालमा लेखापरीक्षकहरूको नियमनकारी संस्था नेपाल चार्टर्ड एकाउन्टेण्ट संस्थाले पनि गर्नुपर्ने निर्देशन गरेको छ ।